सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिको अह्वानमा प्रधानमन्त्रीसहित अन्य नेतासँग आज साँझ छलफल

काठमाडाैं /१० असार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहितका उच्च पदस्थ व्यक्तिलाई बुधबार साँझ भेटघाटका लागि शीतल निवास बोलाएकी छिन।

राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासहितलाई बोलाएकी हुन्।

यस्तै, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्दलाई पनि निम्ता गरिएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । यस्तै संवैधानिक निकायमा प्रमुखलाई समेत निमन्त्रण गरिएको छ ।

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीन/चार महिना नै भेट भएको थिएन ’’, अधिकारीले भने सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उनीहरुलाई बोलाइएको हो । यो उनको नियमित भेटघाट पनि हो ।’’

लामो समयसम्म राष्ट्रपतिले सबै दलका नेताहरुसँग छलफल नगरेको र अभिभाकत्व भूमिका निर्वाह गर्नका लागि भेलाको आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »