सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिद्वारा दोलखा भिमसेनको प्रसाद ग्रहण

दोलखा। दोलखाको प्राचीन मन्दिर भिमेश्वरको शिलाबाट पसिना छुटेपछि गरिएको क्षमा पूजाको प्रसाद राष्ट्र प्रमुखबाट ग्रहण गर्नुपर्ने परम्परा अनुसार सम्माननीय राष्ट्रपतिबाट शुक्रबार मन्दिरको पूजारीबाट प्रसाद ग्रहण गर्नुभएको छ ।

दोलखाको प्राचीन, ऐतिहासिक मन्दिर भीमेश्वर मन्दिरमा हिजो बिहान ६ः४५ बजेबाट मन्दिरको शिलामा पसिना आएको मन्दिरका मुख्य पुजारी काशीनारायण श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिहान ६ः४५ बजे शिलामा पसिना आएको र ८ः२५ बजे रोकिएको थियो ।


भीमसेनलाई पसिना आएमा राष्ट्रपतिले क्षमा पूजा गर्नुपर्ने चलन छ । क्षमापूजाका लागि पसिना आएको कपास राष्ट्रपतिलाई बुझाउने चलन रहिआएको छ । मन्दिरका शिलामा पसिना देखिएकाले पूजाआजा गरिएको मुल पुजारीले बताउनुभयो ।


भर्खरै

सम्बन्धित खबर

Language »