सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गरेकी छिन् । आइतबार सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वानसम्बन्धी पत्र आइतबार नै संसद् सचिवालयमा पठाएकी छन् ।

वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिने गरिन्छ ।

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

संघीय संसद्को संयुक्त सदनमा जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सरकारले बजेट अधिवेशनको तयारी थालेको हो । त्यसपहिले नै प्रि-बजेट छलफल गर्ने परम्परा छ । त्यसका लागि पछिल्ला वर्षहरूमा वैशाख १५ लगत्तै बजेट अधिवेशन बोलाइने गरिन्थ्यो ।

तर कोरोना भाइरसको महामारीका कारण यस पटक विगतका वर्षहरुमा जति प्रिबजेट र नीति तथा कार्यक्रमका बारेमा छलफल नहुने भएको छ। यस पटक प्रिबजेट र सरकारको नीति तथा कार्यक्रमबारेको छलफल अवधि घटाएर बजेट ल्याउने तयारी सरकारले थालेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »