सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि नेकपा सचिवालय बैठक प्रभावित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक सचिवालय बैठक सकिएको छ। सोमबार साँझ ५:३० बजेदेखि प्रधानमन्नी निवास बालुवाटारमा बैठक बसेको थियो।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि नेकपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो। तर (नेकपा) को सचिवालयमा छलफल भइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सोमबार सिफारिस गरेका दुई अध्यादेश जारी गरेपछि बैठक प्रभावित भएको छ ।

विश्वभर कोरोना महामारी फैलिएको बेला उक्त अध्यादेश आउन नहुने भन्दै बैठकमा कुरा उठेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘सरकार र पार्टीको अगाडी दुई कार्यभार छन्। पार्टी एकता मजबुत बनाउने र महामारीमा जुध्ने बेलामा अध्यादेश आउनु नहुने भन्ने कुरा उठ्यो’ श्रेष्ठले भने। ‘गम्भीर राजनीतिक विषय हो। पार्टीमा छलफल नभएकाले आकस्मिक बैठक बसेको थियो।। सबैले आफ्नो विचार प्रस्तुत गरेका थिए।अध्यादेशलाई महत्वका साथ लिएर छलफल भइरहेको बेला राष्ट्रपतिले अध्यादेश जारी गरेकाले केही गर्न सकिएन’ श्रेष्ठले भने।

उनका अनुसार प्रधानमन्त्रीले सरकारबारे अध्यादेशबारे जानकारी गराएका थिए। ‘यो विषयलाई महत्वका साथ छलफल भएको छ। यस्तो विषयहरु पार्टीमा छलफल गर्ने र निर्णय गर्ने निष्कर्ष निस्किएको छ। विधिसम्मत गर्नुपर्छ भन्ने धाराणा आयो’ उनले थपे।

भर्खरै

सम्बन्धित खबर

Language »