सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता : यहि बिषयलाई लिएर महाअभियोग हल्ला

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

साउन ६ गते प्रतिनिधि सभा र साउन १२ गते राष्ट्रिय सभाबाट बहुमतले पारित विधेयक प्रमाणीकरणका लागि संसद्ले साउन १५ गते राष्ट्रपति कार्यालयमा पठाएको थियो । १५ दिनको समयसीमा आज सकिँदै थियाे ।

विधेयकलाई संसदीय समितिले पास गरेर प्रतिनिधि सभामा पठाएको थियो । प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि सभामुख अग्नि प्रसाद सापकोटाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाउनुभएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकसम्बन्धी केही विषयमा सङ्घीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै सन्देशसहित प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको हो ।

सदमा छलफलका क्रममा सत्तारूढ दलले नागरिकता विधेयकको स्वागत गरेका थिए । नेकपा एमालेले भने खुलेर समर्थन पनि गरेको थिएन, खुलेर विरोध पनि गरेको थिएन । नागरिकता विधेयक संसदले पास गरेसँगै नागरिकता पाउनबाट वञ्चित भएका नागरिक नागरिकता पाउने आशामा थिए । तर कतिपयले भने सरकारले नागरिकताजस्तो विषयलाई निकै सहज बनाएको भन्दै यसले राष्ट्रिय सुरक्षामै खतरा उत्पन्न हुने तर्क गर्दै आएका थिए  ।

यतिबेला यहि बिषयलाई लिएर राष्ट्रपतिलाई महाअभियोग लगाउने हल्लाले सामाजिक सन्जाल तात्तिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »