सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको फागुपूर्णिमा सन्देश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाले आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने बताएकी छन् ।

फागुपूर्णिमाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका कामना गर्दै राष्ट्रिपति भण्डारीले होलीले आत्मियता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी हुन् ।

उनले सन्देशमा कोभिड–१९ को महामारी टरिनसकेको अवस्थामा पूर्ण सवधानीका उपायहरू अपनाएर फागुपूर्णिमा पर्व मनाउन समेत अनुरोध गरेकी छन् ।

उनले होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्ने र लोक संस्कृतिको प्रवर्द्धन गर्न उत्प्रेरण प्रदान गर्ने सन्देशमा उल्लेख गरेकी छन् भने उपराष्ट्रपति नन्दबहादुर पुनले फागुपूर्णिमा पर्वले नेपाली समाजमालाई एक सुत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचारा अभिवृद्धि गराउने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले फागु पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले सप्तरंगी जस्तै रंगिन नेपालीहरुलाई एकै सुत्रमा जोडेर राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

उनले सन्देशमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका हामी नेपाली भाषा, कला, संस्कृतिले अत्यन्त धनी छौं । हाम्रो यी विविधतालाई पर्यटन विकासको माध्यामबाट राष्ट्रको समृद्धिमा योगदान दिनेतिर सबैले ध्यान केन्द्रित गर्नुपर्दछ । होली पर्वले यसमा योगदान दिने मैले विश्वास लिएको छु ।’

भर्खरै

सम्बन्धित खबर

Language »