सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रवादी नागरिक समाज नेपाल को चेतावनी : सक्छौ भने राजतन्त्र र गणतन्त्र को विषयमा जनमत संग्रह गरेर देखाउ

काठमाण्डौ / राजतन्त्र को पुनर्बाहली र सामाजिक न्याय को पक्षामा भन्दै शान्तीपुर्ण र्याली गर्न काठमाण्डौको भोटाहिटी चोक मा जम्मा भएका राष्ट्रवादी नागरिक समाजका नेपाल का अध्यक्ष चबरा ,उपाध्यक्ष लक्ष्मी मल्ल तथा बिशाल राना लगाएत नौ जना लाई प्रहरिले पक्राउ गरी चार घण्टा पुलिस क्लब मा राखेर छाडेको छ ।
राष्ट्रवादी नागरिक समाजका नेपाल ले पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहा भएलगतै असन मा रहेको आफनै कार्यलय मा एक पत्रकार सम्मेलन गरेको थियो ।पत्रकार भेट्घाट मा बोल्दै संस्था का अध्यक्ष चबरा ले वर्तमान सरकार र यो ब्यबस्था बाट आम नागरिक ले कुनै पनि आश नगर्दा हुने बताएका छन् ।
पंचायत काल मा भएका बिकास लाई समेत ध्वस्त पारे र सबै सरकारी उध्योग धन्दा बन्द गरी राज्य संचालन को साँचो नै बिदेशी दलाल को हात मा सुम्पिएर सिंहासन मा बसेको यस्तो कठ्पुतली सरकार बाट सामाजिक न्याय तथा सम्मुन्नत नेपाल को आशागर्नु बेकार रहेको चबरा ले बताएका छन् ।
सामान्य धरपकड गरेपनी प्रहरी ले आफुहरु लाई कुनै अमानविय ब्यबहार नगरेको उपाध्यक्ष लक्ष्मी मल्ल ले पत्रकार सम्मेलन मा बताएकी थिइन् । नागरिक समाज ले भन्न खोजेको कुरा हरु र गर्न लागेको काम हरु आम नागरिक, प्रहरी ,सेना सबैलाई राम्रो लागेको तर मुख खोलेर बोल्न मात्र नसके को उनिको भनाइ थियो ।
पत्रकार सम्मेलन मा बोल्दै संथाका महासचिव धुर्व गुरुङ ले वर्तमान सरकार कठपुतली सरकार हो यसको दम भए राजतन्त्र र गण्त्रन्त्र को बिषय मा जनमत संग्रह गराउन चेतावनी दिएका छन् ।

सरकारी दल को झोले कार्यकर्ता बाहेक यो सरकार बाट कोही पनि सन्तुस्ट नभएको भन्दै २०६२ /६३ को कथित जना आन्दोलनको जगमा राजसंस्था लाई फालेर यो ब्यबस्था ल्याउनु नै आम नागरिक को ठुलो भुल भएको चबरा को भनाइ छ । राज संस्थाको पुनर्वाहली अबको बिकल्प रहेको उन ले पटक पटक दोहोर्याएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »