सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चाेककाे पहिराे पीडितहरूका लागि राहत

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठन राष्ट्रिय युवा संघ नेपालले सिन्धुपाल्चाेककाे पहिराे पीडितहरूका लागि असार ३० गते राहत वितरण गरेकाे छ ।

बाह्रविसे नगरपालिकासँगको समन्वयमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं. ८ र ५ को संगमस्थल जम्बुमा असार २५ गते राती गएको बाढी तथा पहिरोका कारण भएको क्षतीग्रस्त ठाउँमा पुगी जनताको समस्यालाई आफ्नो समस्याको रुपमा लिई सोमवार संघका वरिष्ठ नेता किरण पौडेलको नेतृत्वमा रमेश आचार्य, क्षितीज थेवे, असोक चौलागाई, रामजी सापकोटा, महेश चौलागाई, नानीराम तिवारीलगायतका संघका नेता तथा कार्यकर्ताहरु सहितको टोलीले पिडित परिवारलाई राहत वितरण गरेको छ ।

संविधानमा गाँस, वास, कपास मानिसको नैसर्गिक अधिकार भएकाले मानविय संकटको समयमा दैनिक जीवनमा अत्यावश्यक राहत सामग्रीहरु वितरण गरिएको छ । पार्टीको निर्देशन तथा सरकारले जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी तत्काल राहत तथा उद्धारमा जुट्न निर्देशन दिए अनुसार संघले राहत वितरण कार्यक्रम गरेको जनाएको छ ।

एक सय पाँच वोरा चामल तथा विभिन्न स्वास्थ्य सामाग्रीहरु समेत उक्त स्थानका पिडितहरुलाई संघले राहत वितरण गरेको हो । वर्षाको समयमा सवारी साधन समेत नचल्ने अवस्थामा घटेको उक्त दुःखद् घटनास्थलसम्म संघका नेता तथा कार्यकर्ताले आवश्यक सामाग्रीलाई नाम्लो लगाएर आफै बोकी करिव ४५ मिनेटको लामो यात्रा गरी पिडितको पिडामा मलम लगाउने कार्य गरेका छन् ।

उक्त राहत सामाग्री नगरपालिकाका उपप्रमुख शुसिला पाख्रिनलाई हस्तान्तरण गरिएको थियाे। नगरपालिकाले पीडितलाई जिल्ला प्रशासनले निकालेको क्षती तथा घटनाको वास्तविक विवरण हेरी आवश्यकता अनुसार वितरण गर्ने भएको छ । उक्त राहत वितरणका क्रममा संघका दर्जनौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल आर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै संघका वरिष्ठ नेता पौडेलले जहाँ जनतालाई दुःख वा समस्या पैदा हुन्छ, त्यहाँ युवा संघ रहेको उल्लेख गर्दै उक्त स्थानका पिडितको साथमा संघ रहेकाले जस्तोसुकै सहयोग गर्न जुनसुकै समय हाजिर हुने बताउनुभयो । प्रत्येक सालको वर्षा तथा भुकम्पले सिन्धुपाल्चोकलाई पिडामा पार्ने गरेकोमा दुःख व्यक्त गर्दै उक्त स्थानका पिडित तथा अन्या सम्पूर्ण नागरिकलाई स्थानान्तरण गरी व्यवस्थापन गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले विषेश योजना बनाई संघ सरकारलाई आग्रह गर्नुपर्नेमा जोड दिँदै आफ्नो संगठनले सो कार्यको लागि के सहयोग गर्नुपर्छ त्यो गर्न तयार रहेको समेत प्रतिद्धता जनाउनुभयो ।

राहत सामाग्री बुझ्दै उपमेयर पाख्रिनले व्यवस्थित वस्ती व्यवस्थापनका लागि नगरपालिकाले काम अघि बढाइसकेको जानकारी गराउँदै जनताको साथ र व्यवस्थामा नगरपालिका सदैव सँगै रहेको बताउनुभयो । विपद्को समयमा कतिपयले राजनीति गर्न खोजेकोमा दुःख व्यक्त गर्दै उपमेयर पाख्रिनले पिडाको समयमा अनावश्यक प्रचारवाजी गरी पिडामा दुखेको घाउमा झन् दुखाउने कार्य नगर्न आग्रह समेत गर्नुभयो ।

उक्त स्थानमा दुई जनाको मृत्यु भएको छ भने १८ जना हालसम्म पनि वेपत्ता रहेको स्थानीयवासीले बताएका छन् । जसमा तीन जना विदेशी नागरिक रहेका छन् भने अन्य १७ जना नेपाली रहेका छन् । पहिरोमा परि दुई जनाको सव प्राप्त भएका दुई जना नेपाली रहेका छन् । उक्त पहिरोबाट ६ घर पूर्ण रुपमा क्षती भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »