सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ बाँकेको इन्चार्जमा जागा र सह-इन्चार्जमा शर्मा

नेपालगन्ज, राष्ट्रिय युवा संघ नेपाल बाँकेको इन्चार्ज र सह-ईन्चार्जको टुङ्गो लागेको छ । युवा संघ बाँकेको इन्चार्जको जिम्मेवारी सुरज जागाले पाएका छन भने सह-ईन्चार्जमा खेमराज शर्मालाई छनौट भएका हुन् ।

माओवादी केन्द्र र नेकपा एमालेको एकिरण पछि गठन गरीएको युवा संघ नेपाल बाँकेले पहिलो पटक नेतृत्वको टुङ्गो लगाएको हो ।


त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकाको इन्चार्जमा किशोर थापालाई जिम्मेवारी दिइएको छ । उनी युवा संघ नेपालका केन्द्रीय सदस्य समेत हुन् ।

तत्कालिन माओवादी केन्द्रको भातृ संगठन वाईसिएल बाँकेको नेतृत्वमा रहेका जागालाई राष्ट्रिय युवा बाँकेको ईन्चार्ज तोकिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »