सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष बस्यालको सहयोगमा पत्रकारहरुका लागि सुरक्षा सामाग्री बितरण


नेपालगन्ज ,कोराना महामारीका समयमा फिल्डमा खटिने पत्रकारहरुका लागि सुरक्षा सामाग्री बितरण गरिने भएको छ ।

पत्रकारहरुका लागि एन ९५ माक्स, सेनेटाईजर , ग्लोव्स लगातका सुरक्षा सामाग्री बितरण गर्न लागिएको नेपाल पत्रकार महासघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले जानकारी दिए । अध्यक्ष थारुका अनुसार केहि सहयोगिदाता र बाँकी नेपाल पत्रकार महाँसघ बाँके आफैले खरिद गरेर पत्रकारहरु लाई सुरक्षा समाग्री बितरण गर्न लागेको हो ।
क्रियासिल पत्रकारहरुका लागि अवश्यक पर्ने केही समाग्रीहरु शुक्रवार नै राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले नेपाल पत्रकार महाँसघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्ले मार्फत नेपाल पत्रकार माहाँसघलाई हस्तान्तरण गरे । बस्यालले ३५ थान एन ९५ माक्स हस्तान्तरण गरेका हुन ।
सुरक्षा सामाग्री लिदै महाँसघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले कोरोना रिपोर्टीङका लागि फिल्डमा खटिएका पत्रकारहरुका लागि सुरक्षा सामाग्री बितरण गरिने बताएका छन ।

नेपालगंज क्षेत्रमा क्रियासीलहरुका लागी महाँसघको कार्यालय नेपालगंज र कोहलपुर क्षेत्रकाहरुलाई कोहलपुरमै सुरक्षा समाग्री बितरण गरिने उपाध्यक्ष वाग्लेले जानकारी दिए । बस्याल नेपाल पत्रकार महाँसघका साधारण सदस्य समेत हुन ।

भर्खरै

सम्बन्धित खबर

Language »