सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय युवा संघ युवा बाँके का युवा नेता जित शेषद्वारा ३८ घर परिवारलाई राहत वितरण


नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन ।


राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत बितरण गरेका हुन ।
उनिहरुले यस्तो बिपत्तिको समयमा कोहि पनि भोकै मर्न नहुने भन्दै चामल,दाल,साबुन लगायतको अत्याबश्यक सामान बितरण गरेका हुन ।

उनिहरुले करिब ३८ घरपरिबारलाई राहत मुलक सामाग्री बितरण गरेका बताइएको छ ।
सामाजिक उतरादायित्व भएको भन्दै युवाहरूले जटिल परिबेशमा कर्तव्य निभाएको बताएका छन ।


बिशेष गरि करमोहनाका बिपन्न समुदायलाइ १० केजि चामल १ केजि दाल १पोको खाने तेल १ पोको नुन १ वाट हात धुने साबुन ३८ घर परिवारलाई वितरण गरेका हुन ।

बाँकेका राष्ट्रिय युवासंघका युवा नेता जीत शेष र जानकिगाउपलिका वार्ड ३ कारमोहनाका युवाहरु सहदात आलि,काम्लेश बर्मा भन्दु पसि,दिपेश बर्मा, इर्शाद शेख राजकुमार क्षोत्री लगायतका समाजसेविकाहरुको उपस्थितिमा राहत वितरण गरेको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »