सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय स्क्वास प्रशिक्षक हिरा थापा कोरोना मुक्त

काठमाडौं। राष्ट्रिय स्क्वास टिमका प्रशिक्षक हिरा थापा कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना पोजेटिभ देखिएको २४ दिनपछि थापा कोरोना मुक्त भएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना मुक्त भएको बताएका छन् । ‘अन्ततः आज बिहान मेरो कोरोना रिपोर्ट नेगेटिभ आएको छ र म परिवारसँगै घर फर्किएको छु । तर म अझै केही दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्नेछ’ थापाले फेसबुकमा लेखेका छन्, ‘मलाई २४ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि म आफै आइसोलेसनमा बसेँ । पोजेटिभ भएपनि मलाई कुनै लक्षण देखिएको थिएन । मेरो स्वास्थ्य लाभको प्रार्थनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’

गत साउन २५ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सातदोबाटोस्थित स्क्वास संघको भवनमा सेल्फ आइसोलेसनमा बसेका थिए ।

संगै स्क्‍वास खेलेका संघकै उपाध्यक्ष मनोज बहादुर श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि थापाले कोरोना परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »