सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रीयमुद्धा बन्दै बालाजु बाईपास सडक बिस्तार समस्या

काठमाण्डौ । बिगत लामो समयदेखि बिवादीत रहेको  बालाजु बाईपास सडक बिस्तारको समस्या राष्ट्रीय मुद्धा को रुपमा  स्थापित हुँदै गई रहेको आज  बाईपासमा आयोजित  खबरदारी शभाका  बक्ता हरुले  बताए।

सर्वच्व अदालत ले  निषेधाग्या जारी गर्दा गर्दै पनि  सो ठाउँमा निर्माणकार्य  थालनि गरेको  बिरोधमा  लामो समयदेखि त्यसक्षेत्रका  सडक पिडीतहरु आन्दोलनरत छन्  ।

शुरु शुरु मा  भएको प्रदर्शन हरुमा त्यहिका पिडीतहरुको  मात्र  उपस्थिति रहने गरेको  भएपनि  पछिल्ला आन्दोलन हरुमा  उपत्यका भरीका नेवा: अभियन्ता  र  पत्रकार तथा  नागरीक  समाजको  समेत  उल्लेख्य सहभागीता हुदै गई रहेकोले  यो मुद्धाले बृहद रुप लिनथालेको अनुमान लगाइएको  छ।

उपत्यकाब्यापी सडक  बिस्तार पिडीत संघर्ष समिती ,बृहद नागरीक  आन्दोलन  र नेवा: दय दबु:को संयुक्त प्रयासमा  भएको  खवरदारी शभामा बृहद नागरीक  आन्दोलन  बाट नारायण   वाग्ले ,डा  कैलाष राई ,युग पाठक ,आनिता माझि ,नेवा अधिकार कर्मि मल्ल के  सुन्दर ,मानन्धर समाजका  गजेन्द्र मानन्धर, लगाएतको उपस्थिति रहेको थियो  ।

प्रगतीशिल नागरिक मन्चका  अध्यक्ष रबिन्द्र  कुमार श्रेष्ठ ले संचालन गरेको कार्यक्रममा  नेवा: दय दबु  का  अध्यक्ष नरेश ताम्राकार  को शभापतित्व रहेको  थियो ,कार्यक्रममा   बाईपास सडक बिस्तार पिडीत  महेश्वर मानन्धर ले स्वागत  मनतब्य राखेका थिए   ।

कार्यक्रम मा बोल्ने  अधिकांश बक्ताहरुले सरकार र  पदमा  आशिन  ब्यक्तीहरुले  आफैले  बनाएको  संबैधानिक  मुल्य र  मान्यतालाई समेत  नटेरेर तथा  सिमित  स्वार्थ पुरा गर्न  को  लागि सर्वच्व अदालतलाई समेत  अपहेलना गरीरहेकाले  यसको  परिणाम  अन्तत्वगत्वा राम्रो नआउने  भएको  ले संबन्धित पक्षलाई बेलैमा  सुध्रीन  शुझाव् समेत दिएका थिए  । 

बालाजुका सडक बिस्तार पिडीतलाई अनावस्यक गीरफ्तार गरेर राखेको अवस्थामा  भेट गर्न  भनेर  पुगेका  सडक बिस्तार पिडीत संघर्ष समितीका  अध्यक्ष सुमन सायमीलाई आफ्नो मातृ भाषामा  बोलेकै आधारमा प्रहरीलाई गालिगलौज गरेको अभियोग लगाई ५ दिन  थुनामा राखेपछि  सडक मुद्धामा भाषिक बिबादपनि थपिएर आन्दोलनले  अर्कै रुपलिन पुगेको  हो  ।

नेवा: अभियन्ताहरुले संबिधान ले  नै मान्यतादिएको भाषा बोलेकै आधारमा थुनामा राख्नु गैरकानुनि भएकाले गल्ती गर्ने  पक्षले क्षतीपुर्ती बेहोर्नु पर्ने समेत माग गरेका छन्। बक्ताहरुले  यो  मुद्धा राष्ट्रीय स्तरमा  बहस भई रहेको ले  यसलाई कमजोर  ठानेर पेल्न  खोजे परीणाम गुठि आन्दोलन जस्तै हुन  सक्ने चेतावनि समेत  दिएका छन् ।

अब  यो  मुद्धा नेवा: समुदायको मात्र  नभएर  सिँगो आदीवासी जनजातीको र  उत्पिडीत सबैको भएकोले बेलैमा समाधान नगरीए यसले  भयंकर रुप लिन सक्ने  र सत्ता परीवर्तन  मा समेत असर गर्न  सक्ने  तर्फ संकेत गरीएको छ  ।

कार्यक्रम  मा नारायण वाग्ले ,गजेन्द्र मानन्धर ,कैलाश राई,आशामाया खड्गी ,सानुबाबु बिसुङ्खे ,शुकबिर थामी ,मल्ल के  सुन्दर ,सुमन सायमी  ,लगायतले  मनतब्य राखेका  थिए भने  प्रेमिला राई ,रजनि मिला  ,र  अनिता माझी ले  कविता प्रस्तुत गरेका थिए  ।

कार्यक्रमको  अन्त्यमा यहि फागुन  २८ गते  १०२ बर्षिय युग पुरुष सत्यमोहन जोशि  को उपस्थितिमा पाटन मंगलबजार लगनखेल मा  अर्को बृहद कार्यक्रम  गरीने  पनि  जानकारी  गराइएको  छ।

भर्खरै

सम्बन्धित खबर

Language »