सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रीय लोक मार्गको स्तर उन्नतिको कार्य ब्यबस्थापनमा स्ठानिय प्रतिनिधि हरुको चासो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका युवा नेता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) , बलेफि गाउँपालिका प्रमुख केदार क्षेत्री ,सभामुख अग्नी प्रसाद सापकोटाको सचिवालय सदस्य हरु , सडक डीभिजन कार्यलय का प्रतिनिधि लगायतको टोलिले आज सहायक राष्ट्रिय लोकमार्ग बलेफी-जलबिरे- कार्तिके – तेम्बाथान सडकको बलेफी जलबिरे सडकखण्डको स्तरोन्नति कार्य भइ रहेको क्षेत्रको  प्राविधिक टोलि सहित स्थलगत अनुगमन गरिएको थियो  ।

सो सन्दर्भमा नेता माधव सापकोटाले आफ्नो फेसबुक वालमा प्रस्तुत सम्बोधन जस्ताको तस्तै

“सहायक राष्ट्रिय लोकमार्ग बलेफी-जलबिरे- कार्तिके – तेम्बाथान सडकको बलेफी जलबिरे सडकखण्डको स्तरोन्नति कार्य भैरहेको छ। उक्त निर्माण संचालन भैरहेको सडकमा आज प्राविधिक टोलि सहित सम्वधित सरोकार निकायबाट स्थगत अनुगमन गरियो ।

अनुगमनको क्रममा वर्षादको समयमा निर्माण कार्य संचालन भएकोले सडक हिलाम्य भएको पाइयो। जहाँ वैकल्पिक मार्गबाट भएपनि आवतजावतलाई सहजीकरण गरेको पनि देखिएन। जसबाट अत्वश्यककार्यको लागि संचालन हुने एम्बुलेन्स, मोटरसाईकल लगाएतका सवारी साधनको साथै मानव समेत आवतजावतमा असहज अवस्था रहेको पाइयो ।

जसको लागि यातायात आवागमन सहज र गुणस्तरीय निर्माण कार्यको लागि निमार्ण कम्पनिको व्यवस्थापनबाट आधिकारीक व्यक्ति झिकाएर थप छलफल गरी तोकिएको गुणस्तरीयता कायम गर्ने प्रतिवद्दता गराइयो

प्राविधिक कमजोरी हटाई गुणस्तरीय रुपमा कार्य सम्पन्न गर्न डिभिजन सडक कार्यालयका DE विजय महतोले स्थलगत अनुगमनबाट सम्वधित पक्षलाई निर्देशन दिनु भएको छ ।

स्थलगत अनुगमन कार्यमा सक्रियतापूर्वक समय उपलब्ध गराई व्यवस्थापन गर्ने बलेफी गाऊपालिका अध्यक्ष केदार क्षेत्रि,डिभिजन सडक कार्यालयका डिभिजन इन्जीनियर सहित अन्य कर्मचारीहरु र सम्माननीय सभामुखको सचिवालयका मित्रहरु लगाएतका सम्पूर्णमा धन्यवाद प्रकट गर्दै सरोकार सवै साथै नागरिकहरुमा गुणस्तरीय कार्य सम्पन्न गर्नको लागि सबैको सहयोग ,समन्वय र सहकार्यको लागि अनुरोध गर्दछु ।”

भर्खरै

सम्बन्धित खबर

Language »