सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राेशी गाउँपालिकाले ईलाका प्रहरी कार्यलयलाई माेटरसाइकल हस्तान्तरण

काभ्रेकाे रोशी गाउँपालिकाले प्रहरीलाई मोटरसाईकल हस्ताण्तरण गरेको छ । साेमवार पालिका अध्यक्ष डि.बि. माेक्तानले ईलाका प्रहरी कार्यलयका प्रमुख ईन्पेक्टर धर्म जंग थिङलाई एक थान मोटरसाईकल हस्ताण्तरण गरेका हुन् ।

मोटरसाईकल कटुञ्जेमा रहेको कटुञ्जे प्रहरी चौकीले प्रयोग गर्ने गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिए । उनका अनुसार १ सय ५० सिसिको पल्सर मोटरसाईकल खरीद गरी गाउँपालिकाले हस्ताण्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष डि.बि. माेक्तानले अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मीहरुको निमित्त गाउँपालिकाले मोटरसाईकल गरीद गरी हस्ताण्तरण गरेको बताए । शान्ती सुरुक्षामा अहोरात्र खट्ने प्रहरी जुनसुकै समयमा जहाँ पनि जानुपर्ने हुनाले गाउँपालिकाले सहयोग गरेको बताए । गाउँपालिकाको शान्ति सुरक्षामा कुनै पनि सम्झौता नहुने बताउँदै आगामि दिनमा थप सहयोग गर्दै जाने उनको भनाई थियो ।

कार्यक्रममा पालिका अध्यक्ष माेक्तान, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल, ईलाका प्रहरी कार्यलयका ईन्सपेक्टर धर्म जंग थिङ साथै पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »