सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राैतहटका १० जना संक्रमित सबै भारतबाट आएका मजदूर भएको खुलासा

राैतहट। राैतहटका १० जना संक्रमित सबै भारत बाट आएकाे खुलेकाे छ । आज (आइतबार) बिहान स्वास्थ्य मन्त्रालयले दिएकाे अपडेट अनुसार राैतहटमा १० जना नयाँ संक्रमित फेला परेका छन् । सबै भारतबाट आएका हुन् ।

मन्त्रालयका अनुसार राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा आइतबार बिहान कोरोना पुष्टि भएको थियो । उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठउँबाट आएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

रौतहटका प्रहरी प्रमुख रविराज खड्का अनुसार संक्रमित सबै भारतबाट नेपाल आएका नेपाली मजदुरहरु हुन् । उनीहरु भारतका विभिन्न सहरमा कम गर्दै आइरहेका थिए । नेपाल छिरेलगत्तै सम्बन्धित निकायको पालिकामा रहेको क्वारेनटाइनमा राखेरगत शुक्रबार स्वाबको नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षणका लागि पठाइएको थियाे । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।

थराजपुर नगरपालिकाका नगर प्रमुख मो. शकिल अख्तरका अनुसार सो नगरपालिकामा भेटिएका सबै संक्रमितहरुलाई पाँच दिनअघि सीमा-नाकाबाट सिधै क्वारेन्टाइनमा राखिएको हुनाले उनीहरुबाट नगरमा संक्रमणको जोखिम रहेको छैन । उहाँका अनुसार हाल सो नगरपालिकाको क्वारेनटाइनमा १५० भन्दा बढी भारतबाट आएका नेपाली मजदुरहरु राखिएको छ । र यो क्रम निरन्तर चलिरहेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहले सीमा-नाकामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गरेर क्वारेनटाइनमा राख्न थालेका छन् । भारतबाट आएकाहरुमा संक्रमण देखिने क्रम बढेकाले जिल्लामा थप संक्रमितहरुको संख्या थपिने स्थानीयहरुको अनुमान रहेको छ ।

संक्रमित पुष्टि भएकाहरुलाई उपचारको लागि कहाँ पठाउने भन्ने बारेमा छलफल भइरहेको बुझिएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमति फेला परेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »