सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रिपोर्ट आउन ढिला भएपछी क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि

धनगढी / असार ९

कैलालीमा एउटै पालिकामा थप ५८ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ र २ को क्वारेन्टिनमा राखेर घर पठाईएका ५८ जनामा कोरोना पुष्टि भएको हो।

दुई सय ४२ जनामा आरडिटी पोजेटिभ आएकोमा ९३ जनाको जेठ २८ गते स्वाब संकलन गरीएको बताउँदै स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले ५८ जनामा कोरोना पुष्टि भएको जानकारी दीइन।

प्रेस विज्ञप्ती जारी गर्दै उनले भनेकी छिन्, ‘उनीहरुलाई लम्की बहुमुखी क्याम्पस र राधास्वामी सतसंगमा राखिएको थियो। तर नतिजा आउन ढिलाई भएपछि घर पठाईएको थियो।’

विज्ञप्ती मार्फत स्वास्थ्य शाखाले संक्रमण पुष्टि भएका ५८ जना भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र उनीहरुमा कोरोनाको लक्षण पनि नदेखिएकोले जानकारी गराईएको छ। पेजेटिभ देखिएका संक्रमितलाई घरमै सुरक्षित बस्न समेत आग्रह गरीएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »