सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रिपोर्ट नआउँदै घर पठाएका राजविराजका युवामा कोरोना पुष्टि

राजविराज । कोरोना भाइरसको पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका राजविराज १ डुमरी शिवथानका ३० वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएपछि उनको घर परिवारलाई मङ्गलबार राजविराजको क्वारेन्टाइनमा ल्याइएको छ ।

पीसीआर रिपोर्ट आउनु एक दिन अगाडि घर पुगेका युवकको रिपोर्ट पोजिटिभ आएपछि उनकी आमा, श्रीमती, छोरा र छोरी तथा उनको कपाल, दाह्री काटने ठाकुरलाई समेत क्वारेन्टाइनमा ल्याइएको राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवले बताए ।

युवकलाई भने राजविराजस्थित आइसोलेसन केन्द्र पठाइएको छ । यादवका अनुसार युवकको सम्पर्कमा आएका उनका साथी वा अन्य व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ कार्य अघि बढाइएको छ । भारतको पञ्जाबस्थित जमुनानगरबाट ५१ वर्षीय बुवासँग फर्केका युवक जेठ १३ गतेदेखि राजविराजस्थित राजदेवी माविको क्वारेन्टाइन केन्द्रमा सँगै बसेका थिए । युवकको पीसीआर रिपोर्ट नआए पनि बुवाको नेगेटिभ रिपोर्ट आएपछि उनी समेत डिस्चार्ज भएर घर गए ।

वडा अध्यक्ष चन्द्रशेखर चौधरीले संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टाइन पठाउने काम भइरहेको र युवकले झुक्याएर भन्दा पनि बुवाको नेगेटिभ आएपछि आफ्नो पनि पोजिटिभ नआउने भन्दै झगडा गरेर निस्किएको जानकारी आएको बताए ।

कमजोर व्यवस्थापनले रिपोर्ट नआएका व्यक्तिलाई घर पठाउँदा समस्या भएको भन्दै वडा अध्यक्ष चौधरीले झुक्याएर वा झगडा गरेर निक्लिन दिने व्यवस्थापन पक्षको गल्ती भएको बताए । यता राजविराज नगरपालिका कार्यालयले राजदेवी मावि क्वारेन्टाइनमा खटिएका हेल्थ असिस्टेन्ट राजकुमार पटेललाई काज फिर्ता गरी विषहरिया स्वास्थ्य चौकी पठाएको छ । रिपोर्ट नआउँदै घर पठाएर गम्भीर लापरवाही भएको भन्दै पटेललाई काज फिर्ता गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »