सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुकुम घटनाको विरोधमा ज्ञापनपत्र बुझाइने

नेपालगञ्ज, पश्चिम रुकुमको सोतीमा भएको हत्याकाण्डको विरोधमा नेपालगञ्ज उप–महानगरपालिकाका दलित जनप्रतिनिधीहरुले विरोध प्रदर्शन सहित ज्ञापन पत्र बुझाउने भएका
छन् ।

कार्यपालिका सदस्य देउमल सुनारको अध्यक्षतामा बिहिवार भएको निर्वाचित दलित जनप्रतिनिधीहरुको बैठकले आईतबार नेपालगञ्जमा विरोध प्रदर्शन सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको हो ।

कार्यपालिका सदस्य कौसलकुमार धोवीले रुकुम घटनाका दोषीलाई कडा भन्दा कडा कारवाही र पीडित परिवारलाई न्यायका लागि विरोध प्रदर्शन गर्न लागिएको बताउनुभयो ।

कार्यपालिका सदस्य मञ्जु नेपालीले प्रदर्शनमा ऐक्यवद्धताका लागि सबैमा आग्रह गरिएको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »