सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुकुम सोती घटनाका आरोपी २३ जना पुर्पक्षका लागि जेल चलान

सुर्खेत /११ असार

जाजरकोट रानागाउँका नवराज विकसहित छ जना युवकको सामूहिक हत्याका आरोपी २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलको इजलासले बुधबार यस्तो आदेश गरेको हो ।

सोतीगाउँ सामूहिक हत्याको घटनामा संलग्नताका आरोपीमध्ये २३ जनालाई पुर्पक्षका क्रममा थुनामा पठाउन आदेश भएको स्रेस्तेदार कीर्तबहादुर बोहराले
बताए । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित डिल्ली मल्ल, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, हर्क मल्ल लगायतलाई थुनामा पठाइएकोउनले जानकारी दिए।

उनका अनुसार आरोपीमध्येका इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र जीतेन्द्र चन्दलाई साधारण तारेखमा छाड्ने आदेश भएको छ भने केटीका आमालाई एक लाख रुपियाँ धरौटीमा छाड्ने आदेश भएको छ । असार ५ गतेदेखि सुरु भएको थुनछेक बहस बुधबार सकिएको थियो ।

जाहेरीवालाहरूको तर्फबाट पाँच जना सरकारी वकिल र २० जना कानुन व्यवसायीसहित २५ जना र प्रतिवादीका तर्फबाट सात जना कानुन व्यवसायीले बहस पैरवी गरेका थिए । यसअघि असार १ गते १७ वर्षीया किशोरी र उनका भाइलाई नाबालक भएको हुँदा तत्कालका लागि सुधार गृहमा पठाउन अदालतले आदेश दिएको थियो ।

गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँका एक किशोरीलाई भगाएर ल्याउन गएका जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २४ वर्षीय नवराज विकसहित छ जना युवकलाई कुटपिट गरी भेरी नदीमा फालेका थिए । त्यस घटनामा ३४ जनाउपर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछूतको मुद्दा दायर भएको थियो । त्यस मुद्दाका पाँच जना आरोपी अझै फरार छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »