सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुपन्देही जिल्लाको थारु होमस्टे संकटमा

बुटवल । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकामा रहेका थारु होमस्टेहरु अहिले संकटमा छन् ।

तिलोत्तमा नगरपालिकाका पर्यटन तथा कृषि प्रवद्र्घनकोबारेमा डकुमेन्ट्री निर्माणको क्रममा वडा नं. १३ सखिया थारु होमस्टेमा पुगेका थियौ । त्यहाँ हामीले थारु स्थानीय हरि नारायण थारुसँग भेटेका थिए ।

वडा नं. १३ को वडा अध्यक्ष नारायण ढकालको साथमा पुगेका हामीलाई देखेरा हरि नारायण थारुले त्यहाँको वास्तविक विवरण दिएको थियो । सोही विवरण अनुसार निर्माण गरेको भिडियो सार्वजनिक भइसकेको छ । तर हरि नारायण थारुले खुशी हुँदै भने “लकडाउन पछिको तपाईँहरु नै पहिलो समुह हो । यसरी थारु होमस्टेको बारेमा सोधी खोजी गरी बस्नका लागि आएको । हैन भने यहाँ कोहि पनि आउदैनन् । अब नगरपालिका र वडाले केहि पहल गरेमा यहाँको थारु होमस्टे संचालनमा आउन सकिन्छ । अन्यथा बन्द गर्नु पर्ने अवस्थामा पुगि सकेको छ ।” यसरी हरिनारयण थारुले गुनासो पोखि रहदा वडा अध्यक्ष नारायण ढकालले निरासा नहुन ढाडस दिदै थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरिक पर्यटनलाई प्रोत्साहन गरि होमस्टे अवधारणालाई अगाडी सारेता पनि स्थानीय तहले संचालनमा आएको होमस्टेहरुलाई कसरी परिचालन गर्ने भन्ने कुनै नीति निर्माण गरेको पाइदैन । तिलोत्तमा नगरपालिकाले पनि थारु होमस्टेलाई संचालनमा ल्याउन कुनै नीति नबनाएकोमा हरिनारायण थारुले गुनासो पाखेको छ ।

यो समस्या तिलोत्तमा नगरपालिकामा मात्रै नभएर रुपन्देही जिल्लामा संचालित सम्पुर्ण थारु हामेस्टेको अवस्था यस्तै रहेको हरि नारायण चौधरीले जानकारी दिएको छ ।

बाँकी भिडियो ।

भर्खरै

सम्बन्धित खबर

Language »