सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘रेलवे ट्रयाक’ निर्माणसम्बन्धी ठेकेदारहरूकाे पत्रकार सम्मेलन,

काठमाडौँ। रेल विभागले हालै आह्वान गरेको ‘रेलवे ट्रयाक’ निर्माणसम्बन्धी कार्यको बोलपत्रको छनौट प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै यथाशिघ्र संशोधन गर्न सडक निर्माणमा सक्षम विभिन्न १४ वटा निर्माण कम्पनीहरुले माग गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी, बज्रगुरु कन्स्ट्रक्सन, रायमाझी कन्स्ट्रक्सन, अमर कन्स्ट्रक्सन, याकथुम्हाङ्ग कन्स्ट्रक्सन, थोदोङ्ग कन्स्ट्रक्सन, हिम सगरमाथा कन्स्ट्रक्सन, महालक्ष्मी कन्स्ट्रक्सन, सपना कन्स्ट्रक्सन, गौरी पार्वती कन्स्ट्रक्सन, भूमी ईन्फ्रास्ट्रक्चर, वल्र्ड वाईड कन्स्ट्रक्सन, आजाद कन्स्ट्रक्सन र किराँतेश्वर कन्स्ट्रक्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त बोलपत्रको क्राइटेरिया अबिलम्ब सच्याउन माग गरेका हुन् । उनीहरुले सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि स्पेसेफिक कन्स्ट्रक्सन एक्सपेरियन्स : कन्ट्रयाक्ट्स अफ सिमिलर साईज एण्ड नेचर र एक्सपेरियन्स ईन कि एक्टिभिटिज यी दुई कुराको खास परिभाषा गरिदिनुपर्नेपनि माग गरेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई आफूहरुले यसअघि नै यस सम्बन्धमा स्पष्ट पारिदिन आग्रह गरिसकेको तर उक्त कार्यालयले अहिलेसम्म कुनै सुनुवाई नगरेको पनि उनीहरुको गुनासो छ । पत्रकार सम्मेलनमा बोल्दै कान्छाराम कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक पूर्ण बहादुर तामाङले यसमा ठूलो चलखेल भएको आरोप लगाउँदै यस्ता विकृति नरोकिए विगतको जस्तै ईतिहास बढ्ने र अपराध बढ्नेतर्फ सचेत गराए । उनले आफूहरु कोही पनि व्यवसायीहरु सुरक्षित नभएको भन्दै सुरक्षाको प्रत्याभूति गर्न सरकार समक्ष माग समेत गरे ।

उनले विगतमा आफूहरुको रोडको सर्टिफिकेटले क्वालिफाईड भएको तर काम चाहीँ नपाएको सुनाए । तर, अहिले सर्टिफिकेट रोड मान्य हुने भनियो तर काम चाहीँ रेलको ट्रयाकमै गरेको हुनुपर्ने प्रावधान राख्नु गलत नियत भएको उनको आरोप छ ।

हिम सगरथामा कन्स्ट्रक्सन प्रा.ली.का प्रवन्ध निर्देशक सूर्य प्रसाद तिमिल्सिनाले सडकको प्रमाणपत्रलाई मान्ने हो भने सडककै ईनबैंकमेन्ट फिलिङलाई पनि मान्यता दिनुपर्ने माग गरे । उनले भने,‘यसअघिका दुई पटकका ठेक्कामा यसलाई मान्यता दिईएको थियो । यदि रेलवेकै ट्रयाक ईनबैंकमेन्टको कामलाई मान्यता दिने हो भने माथि उस्तै प्रकृतिको कार्यपनि रेलवै ट्रयाकै हुनुपर्छ । यसरी विरोधाभाष हुनुभएन ।’

कार्यक्रममा याकथुम्हाङ्ग कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक तेज कुमार कुरुभ्वाङ्गले सडकको कामको प्रमाणपत्र मान्य भएपछि सडककै काम गरेको कि एक्टिभिटिलाई नै मान्यता दिईनुपर्ने स्पष्ट पारेका थिए ।

बज्रगुरु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक लक्ष्मण कुमार रानाले रेल विभाग र सिमित व्यवसायीहरुले चलखेल बढि गरेको र रेलवेको कामलाई नै अवरुद्ध पार्न खोजेको देखिएको टिप्पणी गरे ।

रायमाझी कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक भरतजंग रायमाझीले सिमित कम्पनीलाई मात्रै हुनेगरि बोलपत्र आह्वान गरिएको आरोप लगाउँदै त्रुटिहरु तत्काल सच्याउन माग गरे ।

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »