सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रेविज विरुद्धकाे अभियानमा महाभारत गाउँपालिका

काठमाडौँ । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा मरेका पशुमा रेविज पुष्टि भएपछि गाउँपालिकाले रेविज विरुद्ध ‘एक्सन’ लिने भएको छ । केही दिन अघि पालिकाको वडा नम्बर १ गोकुले र ८ घर्तीछापमा कुकुरको टोकाईबाट २ वटा गाई मरेको थियो ।

वडा नम्बर १ का वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)का अनुसार कुकुरले टोकेको गाई मरेको खबर पाएपछि गाउँपालिकाले परीक्षणका लागि पशु चिकित्सक पठाएको थियो ।

गाउँपालिकाको प्रवक्ता समेत रहेका वडा अध्यक्ष जिम्बाले सचेत रहन सर्वसाधारणलाई आव्हान गरेका छन् । ‘केही समय अगाडी महाभारत १ र ८ मा रेबिज लागेको शंकास्पत कुकुरले टोकेर मरेको दुईवटा गाइको पोस्टमार्टम गर्दा रेबिज पोजेटिभ देखिएको हुँदा भुस्याहा कुकुर देखि सतर्क रहन सबैमा जानकारी गराउँदा छु ।’ जिम्बाले भनेका छन्, ‘गाउँपालिका भित्रका कोहि कसैलाई भुस्याहा कुकुरले टोकेमा तुरुन्तै नजिकैको स्वास्थ्य चौकी एवं वडा कार्यालयमा सम्पर्क गरि जानकारी गराउँनु हुन पनि सम्बन्धित सबैमा अनुरोध छ ।’

साथै जुन कुनै ठाउँमा संकास्पत भुस्याहा कुकुर देखिएमा नियन्त्रण गरि सम्बन्धित निकायमा जानकारी गराउँनु हुन समते उनले अनुरोध गर्दै रेबिज नियन्त्रणका लागि गाउँपालिकाबाट आवश्यकता अनुसार रेबिज विरुद्धको भ्याक्सिनको ब्यवस्थापन गरि तत्काल भ्याक्सिन लगाउने शिविर संचालन गरिने बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »