सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोचक अनि प्रेरणादायी कथा : कसरी बित्यो अन्तरिक्षमा क्रिस्टिनाको ३ सय २८ दिन ?

अब अन्तरिक्षमा घुम्ने ‘स्पेसवाक’का लागि पुरुषहरु माथिको आश्रय तोडिएको छ । बिहीबार महिलातर्फ सबैभन्दा धेरै समय अन्तरिक्षमा अध्ययनको लागि समय व्यतित गरेर नासाकी अन्तरिक्ष यात्री क्रिस्टिना कोच तीन सय २८ दिन पृथ्वी फर्किइन् । नासाकी अन्तरिक्ष यात्री क्रिस्टिनाले दुई विषयमा रेकर्ड राखेकी छिन् । पहिलो त महिला तर्फ सबैभन्दा धेरै दिन अन्तरिक्षमा बसेर एउटा रेकर्ड राखेकी छिन् भने अर्काेतर्फ पुरुषको सहायता बिना नै स्पेसवाक गरेर उनले अर्काे इतिहास रचेकी छिन् ।

यसअघि महिलातर्फ नासाकै पेग्गे विट्सनले २८९ दिन अन्तरिक्षमा बिताएर रेकर्ड राखेकी थिइन् । त्यसको एक वर्षपछि कोचले अन्तरिक्षको प्रयोगशाला परीक्षणको लागि महिलाहरु तर्फ अहिलेसम्मकै सबैभन्दा धेरै दिन अन्तरिक्षमा बिताएकी थिइन् । अन्तरिक्ष स्टेशनमा उनको यो अनुसन्धानले वैज्ञानिकहरुलाई अझ धेरै दिन बसेर अध्ययन गर्ने प्रविधिको खोजी गर्नमा थप उत्साह बढेको नासाले जनाएको छ । साथै महिलाहरुमा समेत लामो समयसम्म अनुसन्धानमा खट्न सकिन्छ भन्ने विषयमा हौसला बढेको नासाको विश्वास छ । यो अनुसन्धानले आर्टेमिस कार्यक्रम अन्तर्गत् चन्द्रमा र मंगल ग्रहको अध्ययनको लागि समेत भावी दिनमा ठूलो सहयोग गर्ने बताइएको छ ।

बिहीबार राति कोचको समूहका सदस्यहरु कजाकस्तानको दुर्गम भागमा पर्ने सोयुज क्याप्सुलमा उत्रिएका छन् । कोचले वृक्ष जीवविज्ञानमा सुक्ष्म गुरुत्व (माइक्रोग्राविटी) प्रभावहरूबारे अध्ययन गरेकी थिइन् । यो अनुसन्धानले इन्जिनियरहरूलाई जैविक समर्थन प्रणालीको विकास गर्नको लागि मद्दत गर्ने नासाको विश्वास छ । पछिल्लो आधा शताब्दीमा गरिएको कूल ४२० स्पेसवाकमा पुरुषहरु कुनै न कुनै रुपमा सामेल थिए । तर, शुक्रबार स्पेसवाक संख्या ४२१ को साथ नै एउटा नयाँ इतिहास रचिएको छ । जहाँ केवल महिलाहरुले मात्रै अन्तरिक्षमा स्पेसवाक गरे ।

त्यहाँ कोच र जेसिकाले ५ घण्टासम्म स्पेसवाक गरेकी थिइन् । त्यो समयमा बाँकी रहेका ४ पुरुषहरु अन्तरिक्ष केन्द्र भित्र नै रहेका थिए भने उनीहरु बिगि्रएको ब्याट्री चार्ज गर्नको लागि केन्द्रबाट बाहिर गएका थिए । कोच र चालक दलका एक पुरुष सदस्यले गत हप्ता अन्तरिक्ष केन्द्रको बाहिर नयाँ ब्याट्री स्थापना गर्दा ब्याट्री चार्जर बिग्रिएको थियो । सो समस्या सुल्झाउनको लागि नासाले बाँकी ब्याट्री प्रतिस्थापन कार्य स्थगित गरी महिला दललाई नियोजित रुपमा स्पेसवाकमा अघि सारेको थियो ।

क्रिस्टिना कोच अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा हुँदा चार पटक अन्तरिक्षमा स्पेसवाक गरेकी थिइन्। गत १८ अक्टोबरमा कोचले पहिलो पटक आफ्नी साथी अन्तरिक्ष यात्री जेसिका मीरसँग स्पेसवाक गरेकी थिइन् । यो कुरा अचम्मको छ कि अहिलेसम्म कूल १५ जना महिला वैज्ञानिकहरूले स्पेसवाक गरिसकेका छन् । तर, पहिलो पटक कोच र जेसिकाले विना पुरुष अन्तरिक्षयात्रीहरुको सहायता विना नै स्पेसवाक गरेकी छिन् ।

कि्रस्टिना पहिलेदेखि नै योग र दौडमा रुचि राख्ने व्यक्ति थिइन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार क्रिस्टीना योग गर्ने, दौडने, पर्वतारोहण, डुंगा चढ्ने, फोटो खिच्ने र हिँड्न धेरै मन पराउँने व्यक्ति हुन्। वास्तवमा, यो अभियान मार्चमा शुरू हुने थियो । तर, अन्तरिक्ष एजेन्सीसँग केवल एक मध्यम आकारको सुट थियो ।

यस अनुसन्धानको उद्देश्य अन्तरिक्षयान, अग्निसुरक्षा र आगलागीको प्रक्रियाका बारेमा अझ राम्रोसँग जानकारी प्राप्त गर्नु हो । फलस्वरूप अनुसन्धानकर्ताहरूलाई इन्धनको क्षमता सुधार गर्न र पृथ्वीमा भएको आगलागीको क्रममा उत्पादित प्रदुषण कम गर्न मद्दत गर्छ । उनले अन्तरिक्ष यात्राको अन्य कारकहरू, जस्तै खाना, पानी संरक्षण र रिसाइक्लिंबाट प्रभावित हुन्छ । यो कामले अनुसन्धानकर्ताहरुलाई विषाक्त रसायनिक जोखिमहरूको लागि नवीन उपचार विकास गर्न सहयोग पुर्याउँछ ।

तसर्थ, यस अनुसन्धानले भविष्यको लामो अवधि मिशनहरूको समयमा अन्तरिक्ष यात्रीको स्वास्थ्यलाई फाइदा पुर्याउन सक्छ । साथसाथै मानिसहरूलाई पनि पृथ्वीमा मृगौला सम्बन्धी उपचारको आवश्यकता छ ।

भर्खरै

सम्बन्धित खबर

Language »