सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज गठनको तयारी


नेपालगञ्ज, रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज गठनको तयारी गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा सोमबार नेपालगञ्जमा भएको एक भेलाले रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्ज संगठीत गर्ने बातावरण बनाएको हो ।

क्लवको उद्येश्य र सदस्यता, क्लव गठन प्रक्रिया बारे जाकारी दिने उद्येश्यले आयोजित प्रि चार्टर मिटीङ पश्चात गठन गर्ने भनीएपनि समय अभावका कारण केही दिन पर सारिएको छ ।

रोटरी क्लव अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एजाज आलमले समुदायको उत्थान र विकासका लाागि रोटरी क्रियाशिल रहने भएकाले सेवाभावले आवद्ध हुुनुपर्ने बताउनु भयो ।

शिक्षा, स्वास्थ्य र मानवीय सेवा प्रवाहका लागि विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरु संगठीत हुन जरुरी रहेको पनि उहाँले औल्याउनु भयो ।


पुरण बहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भटराई, रोटरी क्लव अफ सेन्ट्रल लमहीका अध्यक्ष रवीलाल आचार्य लगायतले रोटरीको समग्र परिचथ, यसको महत्व र अनुभव बारे प्रकाश पार्नु भएको थियो ।

खडक बहादुर बोहराद्धारा सञ्चालीत कार्यक्रममा विभिन्न क्षेत्र, पेशा व्यवसायमा आवद्ध विशिष्ठ व्यक्तित्वहरुको सभागिता रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »