सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोटर्याक्ट क्लब अफ लमजुङले राख्यो लमजुङ प्रवेशद्वार पाउदीमा डस्टविन

काठमाडौं । लमजुङको राइनास नगरपालिका–८ मा रहेको सर्वोदय सेवाश्रमलाई रोटर्याक्ट क्लब अफ लमजुङले सहयोग गरेको छ । बाबा फाउण्डेसको सहकार्यमा क्लबले आज शनिबार आश्रमलाई फोहोरमैला व्यवस्थापनका लागि फाइवर डस्बिन, माक्स, विस्कुट लगायतका सामग्री हस्तान्तरण गरेको हो ।

शनिबार सेवाश्रममा आयोजित एक कार्यक्रमकाबीच क्लवका अध्यक्ष लक्ष्मी श्रेष्ठले आश्रमका अध्यक्ष कृष्णराज ओलियालाई उक्त सामग्री हस्तान्तरण गरेकी हुन् ।

कोरोना भाइरस संक्रमणले सारा विश्व आक्रान्त छ। त्यसको रोकथामका लागि नेपाल पनि विगत लामो समयदेखि बन्दाबन्दीको अवस्थामा भएसँगै आश्रममा आश्रित जेष्ठ नागरिकको दैनिकी सहज बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको क्लबकी अध्यक्ष श्रेष्ठले बताइन् ।

विभिन्न सहयोगी मन तथा संघसस्थाको सहयोग र मुठ्ठीदानको भरमा सञ्चालन हुँदैआएको सर्वोदय सेवाश्रमलाई क्लबले यसअघि पनि फिल्टर सहयोग गरेको थियो ।

करिब ८० दिनभन्दा लामो बन्दाबन्दीले १३ जना जेष्ठ नागरिकहरु आस्रित रहँदै आएको सो आश्रममा देखिएको समस्यालाई मध्यजनर गर्दै क्लवले गरेको सहयोगप्रति आश्रमका अध्यक्ष ओलियाले क्लबलाई धन्यवाद व्यक्त गरेका थिए ।

सो अवसरमा क्लवका सचिव सन्दिप गुरुङ, कम्युनिटी सर्भिस डाइरेक्टर रविन गुरुङ, इन्टरनेशनल सर्भिस डाइरेक्टर मनिका गुरुङ, सदस्य शिशिर गैरे लगायतको सहभागिता थियो ।

यसैबीच क्बलले शनिबार नै लमजुङ प्रवेश नाका पाउदीमा तीनवटा डस्बिन पनि राखेको छ । यस्तो भयावह संक्रमणको बेला फोहोरमैला व्यवस्थापनका लागि क्लबले तीनवटा फाइवर डस्बिन राखेको हो । यस्तै क्लवले नाकामा रहेको हेल्थ डेक्सलाई पानी, माक्स लगायतका सामाग्री समेत हस्तान्तरण गरेको छ ।

सुन्दरबजार नगरपालिका उपमेयर ज्ञानु शाह र क्लवका अध्यक्ष लक्ष्मी श्रेष्ठले संयुक्त रुपमा स्थानीय दोभान युवा क्लवको संरक्षणमा रहनेगरी तीन काटुर्न पानी, माक्स, फाइवरको ३ वटा डस्बिन सहयोग गरेको हो । यस्तै क्लबले यसअघि पनि लमजुङमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »