सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोनाल्डोको गोलका बाबजुद पनि हार्‍यो म्यानचेस्टर युनाइटेड

क्रिष्टियानो रोनाल्डोको गोलका बाबजुद च्याम्पियन लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले खराब सुरुवात गरेको छ ।

समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड योङ ब्वाइजसँग २–१ ले पारजित भएको हो । १३ औँ मिनेटमा रोनाल्डोले गोल गरेर म्यानचेस्टर युनाइटेडलाई सुरुवाति अग्रता दिलाएका थिए ।

३५ औँ मिनेटमा वान–बिसाका सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित भयो ।

पछि परेको योङ ब्वाइजले दोस्रो हाफमा गोल गरेको हो । उसका लागि ६६ औँ मिनेटमा मौमी एनगामालेउ र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा सिएबाट्चुले गोल गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »