सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोल्पामा बम विस्फोट,चार बालबालिकाको मृत्यु

रोल्पामा बम विस्फोटमा परी चार बालबालिकाको ज्यान गएको छ। त्रिवेणी गाउँपालिका ७ गैरीगाउँमा बिहीबार अपरान्ह भएको विस्फोटमा परी ४ बालबालिकाको ज्यान गएको रोल्पा प्रहरीले जनाएको छ।

बिस्फोटको आवाज आएपछि हेर्न पुुगेका स्थानीयले उनीहरुको घटनास्थलमै मृत्यु भएको खबर गरेको रोल्पा प्रहरीले जानकरी दियो।

प्रहरीका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ७ का १४ वर्षीय लोकिराम डागी, ११ वर्षीया बिमला डागी, ५ वर्षीय विजय खत्री र सोही गाउँपालिका– ४ का १३ वर्षीय गौरव नेपाली रहेका छन् ।

मृत्युु हुनेका तीन बालक र एक बालिका छन्। घटनास्थलमा अहिले नेपाली सेनासहित सुरक्षाकर्मीहरु पुुगेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »