सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएका युवकको नमुना परीक्षण गर्न दाङ पठाइयो

रोल्पा। रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ । मृतक रोल्पा नगरपालिका–१ का २२ वर्षीय युवक हुन् ।

आइतबार बेलुकादेखि आइसोलेसनमा रहेका उनको सोमबार दिउँसो मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए र काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए । आइतबार रोल्पा फर्किएलगत्तै उनलाई आइसोलेसनमा राखिएको थियो ।

रोल्पा अस्पतालका अनुसार ती युवक कोरोना संक्रमित हुन् कि होइनन् भन्ने पत्ता लगाउन नमूना संकलन गरी दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले रोल्पाका युवकको नमूना मंगलबार बिहान आइपुगेको र परीक्षणको प्रक्रियामा रहेको जानकारी दिएको छिन ।

भर्खरै

सम्बन्धित खबर

Language »