सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटको खेसरियामा गोली हानि पुजारीको हत्या, हत्यारा फरार

रौतहट । रौतहटमा गएराति कन्चटमा गोली हानेर एक पुजारीको हत्या गरिएको छ।

रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहलाई गएराति ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मन्दिर अगाडि खाना खाने तयारी गरिरहेका बेला पुजारी साहलाई कन्चटमा गोली हानेर सो समूह फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हत्याराको खोजी जारी रहेको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »