सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटमा क्वारेन्टिनमा बसेकाहरूद्वारा क्वारेन्टिन अव्यवस्थित भएको भन्दै नाराबाजी

रौतहट । रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुले नाराबाजी गरेका छन् । क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन।

खानाको राम्रो प्रवन्ध नभएको भन्दै क्वारेन्टिनमा बसेकाहरुले आफूहरु घर जान पाउनु पर्ने भन्दै नाराबाजी र होहल्ला गर्न थालेपछि सो स्थान तनावग्रस्त बनेको थियो । विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी परिचालन गरिएको र अहिले त्यहाँको परिस्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलेजानकारी दिए ।

क्वारेन्टिनमा बसेका व्यक्तिहरुले घरबाटै खाना मगाउने, बाहिर पसलबाट सामान किनेर ल्याउन लगाउने लगायतका गतिविधि गरेपछि विवाद सिर्जना भएको हो । सडकमा ठेलामा फलफूल बेच्नेहरुसँग उनीहरुले क्वारेन्टिन कक्षबाटै सामान मगाउने गरेका छन् ।

घरबाट खाना लिएर जाने व्यक्तिहरुले क्वारेन्टिनभित्र नै गएर सामान दिन पाउनु पर्ने माग गर्दै विवाद सिर्जना गरेका हुन् । क्वारेन्टिन स्थलमा खटेका सुरक्षाकर्मीलाई अटेर गर्दै खाना पु¥याउनभित्र पुगेका उनीहरुले आफन्तसँग भेटघाट गर्न खोजेका थिए ।

हाल रौतहटमा विभिन्न १६ नगरपालिका र २ गाँउपालिकाहरुले निर्माण गरेको ३८ क्वारेन्टिनमा ४ हजार १३६ जना बसेका छन । गौरको नर्सिङ्ग इन्सटिच्युट र राजपुरको प्राथमिकक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा ६७ जना उपचाररत छन ।

भर्खरै

सम्बन्धित खबर

Language »