सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, जंगलमा शव फेला

रौतहट । रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ ।

मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक (एसपी) सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।

कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा बुधवार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको शव फेला पारेका हुन् ।

घाँस काट्न गएका संगम नफर्केपछि खोज्न जाँदा मंगलबार साँझ चन्द्रपुर–६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षका प्रविण श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते उनिहरुको चन्द्रपुर अस्पतालमा उपचार हुँदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »