सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनकाे दाेस्राे चरण शुरूः भाेलि देखि जोर विजोर प्रणाली लागू

काठमाडौं । सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधन जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।

तर कोरोना संक्रमणको जोखिम बढेसँगै विज्ञहरुले जोर विजोर लागू गर्न सुझाएका थिए । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा पनि विज्ञहरुले पूर्ण लकडाउन गर्नुको साटो स्वास्थ्य मापदण्डमा कडाई गर्न र जोरविजोर लगाउन सुझाएका थिए ।

यसैगरी सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’

सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।

अनलाइन खबरबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »