सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनको मोडालिटी टुंग्याउन साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । लकडाउन र कोरोना भाइरसको परीक्षणलाई लिएर सडकमा नै आक्रोश पोखिन थालेपछि आज बस्न लागेको मन्त्रिपरिषद्को वैठकले लकडाउन केही खुुकुलो बनाउने निर्णय गर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे टुंगो लगाउने भएको छ ।

सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई लकडाउनको प्रारुप (मोडालिटी) तयार पार्ने जिम्मा दिएपछि आजको बैठकमा सोही मोडालिटीमाथि छलफल हुने एक मन्त्रीले बताए ।

समितिले लकडाउनलाई विस्तारै खोल्ने मोडालिटी तयार गरिसकेको छ । पसल व्यवसाय सञ्चालन कसरी गर्न दिने , सार्वजनिक सवारी साधन कसरी सञ्चालनमा ल्याउने, विद्यालयहरुमा भर्चुअल शिक्षा कसरी आरम्भ गर्ने , निजी क्षेत्रका कार्यालय तथा बैंकहरु सञ्चालनमा ल्याउने विधि तयार गरिसकेको पनि ती मन्त्रीको भनाइ छ ।

१ गतेदेखि अति संक्रमित रहेका जिल्ला बाहेकका नागरिकलाई लकडाउन खुकुलो भएको महसुस गर्न पाउने पनि ती मन्त्रीको भनाइ छ ।

समितिले कुल मिलाएर लकडाउनको मोडालिटी ७२ दिनको तयार पारेको र लकडाउन पूर्णरुपमा खुल्न नेपाली जनताले सेप्टेम्वर (भदौ/असोज) महिनासम्म पर्खनु पर्ने अवस्था आउन सक्ने पनि ती मन्त्रीले बताए ।

यसैगरी कोरोना रोकथामका लागि भइरहेको परीक्षणको दायरा व्यापक र प्रभावकारी बनाउने बारेमा पनि मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिने बताइएको छ ।

सरकारले गत बर्षको चैत ११ गतेदेखि लगाउँदै आएको लकडाउनको पछिल्लो चरणको अवधि पर्सि जेठ ३२ गते सकिदैछ ।

भर्खरै

सम्बन्धित खबर

Language »