सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनबारे निर्णय गर्न उच्चस्तरीय समिति र मन्त्रिपरिषद्काे बैठक बस्दै

काठमाडाैं। जारी लकडाउनबारे निर्णय गर्न आज (आइतबार) कोभिड-१९ रोकथाम उच्चस्तरीय समन्वय समिति र मन्त्रिपरिषद्का बैठक बस्दैछन् । सरकारले अन्तिमपटक थपेको लकडाउनको समय जेठ ५ गते अर्थात् भोलि साेमबार सकिँदैछ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक दिउसो साढे २ बजे बोलाइएको प्रवक्ता नारायणप्रसाद विडारीले जानकारी दिए । उक्त बैठकले सरकारलाई लकडाउनबारे सिफारिस गर्नेछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ । मन्त्रिपरिषद् बैठक साँझ ५ बजे बस्नेछ ।

यसअघि शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको अनौपचारिक बैठकमा लकडाउन बढाउनेबारे छलफल भएको थियो । अति जोखिम, मध्यम र न्यून जोखिमका क्षेत्र छुट्टयाएर त्यसैअनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने अनौपचारिक निर्णय उक्त बैठकले गरेको थियो ।

राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधी अझै थप गर्ने बुझिएको छ । अवस्था हेरी लकडाउनलाई थप कडाइ गर्ने पनि सरकारको तयारी छ ।

पछिल्लो दुई दिनमा राजधानी उपत्यकासहित देशैभरि संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणकै कारण सिन्धुपाल्चकोककी एक महिलाको मृत्यु भइसकेको छ । नेपालका हालसम्म कोराेना संक्रमितकाे संख्या २९१ पुगेको छ । ३

भर्खरै

सम्बन्धित खबर

Language »