सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनमा घुम्न जाउँ ”मलाया हङकङ”

काठमाडौँ । गायक तथा संगीतकार कृष्ण भक्त राई लकडाउनको समयमा मलाया हङकङ घुम्न जाने सपना देखिरहेको छ ।

कोभडि १९ को कारणले अन्तर्राष्ट्रिय उडानहरु सबै ठप्प छन् भने काठमाडौँको दैनिकी चलाउन गाह्रो भइरहदा गायिका सुनिता थेगिमलाई फकाउँदै हङकङ घुम्न जाउ भन्दैछन् ।

यो कुनै युगल जोडीको वास्तविक कथा नभएर म्युजिक भिडियोको कथा हो ।

लकडाउनको सदुपयोग गरी निर्माण गरेको यो म्युजिक भिडियोले लकडाउनमा बसेका सबै नेपालीहरुको मन जित्ने विश्वास लिएका छन् गाएक गायिकाले ।
भिडियो रेन्वो रेज मिडिया च्यानलबाट सार्बजनिक गरिएको हो ।

जीत लिम्बूको शब्द तथा संगीत रहेको गीतमा गायक स्वंम राइको एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्भिक राई र सोनिया लिम्बूको अभिनय रहेको भिडियोमा प्रकाश लिम्बूको निर्देशन रहेको छ भने छायांकन बिबी लिम्बू र डम्बर राइले गरेका छन् । बिबी लिम्बू र पर्शुराम थलङको सम्पादन रहेको छ भने कोरियोग्राफर दिनेश माङमुले गरेका हुन् ।

For Video …

भर्खरै

सम्बन्धित खबर

Language »