सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनमा टेण्डर आव्हान गर्न नदिएकाले बजेट फ्रिज रोक्न नेपालगञ्जको माग


नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण संघ र प्रदेशले स्वीकृति गरेको अधिकाँश योजना अलपत्र अवस्थामा रहेको भन्दै लकडाउन अवधीभरको समय थप गर्न माग गरेको छ ।

नेपालगञ्जमा मङ्गलबार सम्पन्न भएकाले ७ औं नगरसभाले अर्थ मन्त्रालयका कारण लकडाउनको समयमा ठेक्का आव्हान गर्न नसकिएकाले अधिकाँश योजना अधुरो अवस्थामा रहेको भन्दै समय थप गर्न माग गरेको हो ।

अर्थ मन्त्रालयले पिएमओमार्फत ठेक्का आव्हान गर्न दिएन, नगरसभामा नगरप्रमुख डा. धवलशम्शेर राणाले भन्नुभयो,– लकडाउन खुकुलो भएपछि आर्थिकबर्षको अन्तिम महिना सुरुभयो, जसका कारण धेरै योजना अलपत्र अवस्थामा छन् ।

अर्थ मन्त्रालयले समयमै काम गर्न नदिएर अहिले बजेट फ्रिज गर्ने हो भने देशभरका स्थानीय तहमा अधिकाँश योजना अधुरो रहने र संरचनाहरु अलपत्र भई खण्डहर हुने भएकाले लकडाउन अवधिभरको समय योजनालाई पूर्णता दिन थप गर्नुपर्ने नगरप्रमुख राणाले माग गर्नुभयो ।


चालु आर्थिकवर्ष २०७६÷७७ मा सबैभन्दा बढि राजश्व संकलन गर्ने ५ वटा वडा कार्यालयलाई सम्मान गरेको छ । चालु आवमा सबैभन्दा बढि राजश्व संकलन गर्ने वडा कार्यालयहरु क्रमशः वडा नम्बर १८, वडा नम्बर २, वडा नम्बर १, वडा नम्बर १० र वडा नम्बर ४ लाई नगरसभामा सम्मान गरिएको हो ।

नगरप्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खडकाले नगरसभामा वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा, वडा नम्बर २ का अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १० का अध्यक्ष विन्दुभुषण बस्नेत र वडा नम्बर ४ का अध्यक्ष मो. सफिक वेहनालाई सम्मान गर्नुभयो ।
यसैगरी हालै सेवा निवृत्त हुनुभएका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेललाई पनि सम्मान गरिएको छ ।

नगरसभामा कोभिड–१९ मा महत्वपूर्ण योगदान गर्ने कर्मचारीहरु लेखा अधिकृत लोकेन्द्र रावत, जनस्वास्थ्य अधिकृत रामवहादुर चन्द, जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेत, महिला विकास अधिकृत मञ्जु पाण्डे, सरसफाई शाखा प्रमुख अशोक केसी, सहायक ५ औं रामकुमार पौडेल, नगर प्रहरी हवल्दार पवनकुमार कनौजिया, नगर प्रहरी चन्द्र राना र सवारी चालक भुपति ढकाललाई पनि सम्मान गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका स्तरीय अपांगता सञ्जाल, नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति गोवद्र्धन सिंह सम्झना, भेरी अस्पतालका मेसु डा. प्रकाश थापा, साईनिङ अस्पतालका सवारी चालक आशिष रानामगरलाई सम्मान गरिएको छ ।


साफ खेलकुदमा भारत्तोलनमा काश्य पदक विजेता प्रकाश केसीलाई ५० हजार,क्रिकेटतर्फ पदक विजेता राष्ट्रिय खेलाडी अविनाश बोहरालाई नगद २१ हजार जिल्ला हक्की सङ्घ बाँकेको महिला र पुरुष टोलीलाई प्रति टोली ५१ हजार र मुख्यकप कप प्रदेश स्तरीय फुटबलमा प्रथम हुने धम्बोझी क्लवलाई नगद १५ हजार रुपियाँसहित सम्मान गरिएको छ ।

कोभिड–१९ नियन्त्रण र रोकथामका लागि सहयोग तथा सहकार्य गर्ने विभिन्न सङ्घ संस्थालाई पनि नगरसभामा सम्मान गरिएको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो ।
नगरसभाले आधुनिक एवम सुविधासम्पन्न क्रिकेट स्टेडियम निर्माणका लागि संघ र प्रदेशसँग सहकार्य गर्ने, नगरक्षेत्रमा सडक एवम भवनको मापदण्ड तयार गरि लागू गर्ने, नगरक्षेत्र सफा राख्ने, लगायतका निर्णय गरेको छ ।

नगरप्रमुख डा. राणाले नगरसभाले गरेका निर्णय कार्यान्वयनका लागि जनप्रतिनिधी, कर्मचारीसँगै आम नगरबासीसँग आग्रह गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »