सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनमा नेपाल छिर्न खोज्ने भारतीय र शसस्त्र प्रहरीबीच सिरहामा झडप

सिरहा। सिरहामा लकडाउनका समयमा नेपालतर्फ प्रवेश गर्न खोज्ने समूह र सोहर्वामा खटिएका सशस्त्र प्रहरी झडप भएको छ । नेपाल आउन लागेकाहरुलाइ सीमामा रोक्न खोज्दा झडप भएको हो । नेपाल प्रवेश गर्न खोज्नेहरु भारतीय नागरिक रहेको बताइएको छ ।

झडपमा नेपाल प्रवेश गर्न खोज्ने समूहले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरीका एक जवान घाइते भएका छन् ।

दूध लिएर नेपालतर्फ आउन लागेका ब्यक्तिलाइ सशस्त्र प्रहरीले रोक्न खोज्दा करीब २०–२५ जनाको समूहले ढुङ्गा हान्न थालेपछि झडप भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले जानकारी दिनुभयो ।

घटनामा संलग्न मोहनकुमार यादवलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहालाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताउनुभयो ।।

भर्खरै

सम्बन्धित खबर

Language »