सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनमा प्रहरीद्वारा कुटिएको चिकित्सकको आरोप, छानविन समिति गठन

काठमाडौं । कोरोना (कोभिड–१९) को महामारीका वेला सर्वसाधारणको उपचारमा खटिएका तीन जना डाक्टरमाथि कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।

ड्यूटी सकेर फर्किने क्रममा त्रिवि शिक्षण अस्पताल (आईओएम) मा कार्यरत चिकित्सकमाथि महाराजगञ्जको कान्ती अस्पतालमा पछाडि ओरालोमा बुधबार बेलुका प्रहरीले हातपात र लाठी चार्ज गरेको विज्ञप्ति जारी गर्दै संघले जनाएको हो ।

अध्यक्ष डा. अनुप उप्रेती र सचिव बादल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं ।’

कारबाही प्रक्रिया अघि नबढाए कडाभन्दा कडा कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ । संघले विज्ञप्ति जारी गरेर घटना बाहिर ल्याएपछि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले छानविन समिति बनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक (एसपी) मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी सदस्य छन् ।

समितिलाई घटनाको यथार्थ बुझेर यथाशिघ्र प्रतिवेदन पेश गर्न भनिएको रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »