सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनमा महिला हिंसा

जनकपुरधाम । कोभिड—१९ को संक्रमणबाट जोगिन लकडाउनलाई प्रभावकारी उपाय मानिएको छ। तर, घरमै बसेका महिला तथा बालबालिका परिवारकै सदस्य, छरछिमेकी र आफन्तबाट सुरक्षित नरहेको पछिल्लो घटनाक्रमले देखाएको छ।

पर्साको ठोरी गाउँपालिका—३ मा गत शनिबार एक ७ वर्षीय बालिका बलात्कृत भइन्। उनीसँग यौन दुष्कर्म गर्ने १६ वर्षीय किशोर उनका छिमेकी थिए। टेलिभिजन हेर्ने बहानामा बालिकाको घर पसेका ती किशोरले अभिभावक कोठामा नरहेको मौका छोपी बालिकासँग दुष्कर्म गरेको प्रहरीले जनाएको छ। रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक ५५ वर्षीय पुरुषबाट १० वर्षीया बालिका बलात्कृत भएकी छन्। ५५ वर्षीय वारिस अन्सारीलाई सुस्त मनस्थितिकी बालिकालाई गत बिहीबार राति बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ।

वीरगञ्ज महानगरपालिका १ छपकैया बस्ने २९ वर्षीय सञ्जयकुमार साह सोनारले लकडाउनको बेला बाहिर खेल्न जाने जिद्दी गरेकी छोरीलाई हत्या गरेको घटना सार्वजनिक भएको छ। लकडाउन सुरु भएको दिन चैत्र ११ गते सोनारले ७ वर्षीया छोरी अंशुकुमारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। वैशाख ५ गते पक्राउ परेका सञ्जयले बयानको क्रममा छोरीले लकडाउनको बेला घरबाहिर जान जिद्दि गरेपछि कुटपिट गरेको बताए। कुटपिट गर्दा छोरी जोडले रुन थालेपछि रिसको झोकमा उसको घाँटी थिचेको र सोही क्रममा उनको मृत्यु भएको उनले बयान दिए।

लकडाउनका बेला घरमै पनि महिला तथा बालबालिका सुरक्षित हुन सकेका छैनन्। पछिल्लो एक महिनाको अवधिमा प्रदेश २ का ८ जिल्लामा महिला तथा बालबालिकामाथि जबरजस्ती करणीका १७ वटा उजुरी प्रहरीमा परेको छ। प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका अनुसार लकडाउनको बेला सबैभन्दा बढी बलात्कारका घटना बारा जिल्लमा भएका छन्। हालसम्म यहाँबाट ४ वटा मुद्दा प्रहरीमा आएको छ।

यसैगरी बोक्सीको आरोपमा सिराहामा एकजना महिलाले प्रताडना भोग्नु परेको छ। बालबालिकासँग यौन दुराचारको चारवटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ भने घरेलु हिंसाका १३ वटा उजुरी परेको छ। सबैभन्दा भयावह अवस्था आत्महत्याको छ। लकडाउनका बेला यस प्रदेशमा ३४ महिला र बालबालिकाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

महिला हिंसा र बालबालिकाहरु माथि भएको दुव्र्यवहारका घटना बढी हुन सक्ने भए पनि लकडाउनका बेला सबैको जानकारी प्रहरीसमक्ष आउन नसकेको अधिकारकर्मी बताउँछन्। यस्तो बेला घरबाट बाहिर निस्कनसमेत डरत्रासको अवस्था भएको हुँदा कतिपय घटना घरमै लुकाउने प्रवृत्ति पनि बढेको अधिकारकर्मीको दाबी छ।

अन्नपुर्णपत्रिकाबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »