सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनमा स्थानीयलाई रोजगार दिएर वाटरपार्क सौन्दर्यकरणको काम सुरु

नेपालगञ्ज , लकडाउनका आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु भएको छ केही दिनअघि नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समिति मार्फत रोजगार दिने निर्णय गरे अनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले उपभोक्ता समितिामार्फत स्थानीय श्रमिकलाई काम दिएर वाटरपार्कभित्रको झारपात निकाल्ने काम सुरु गरिएको जानकारी दिनुभयो ।

वाटरपार्कको बिहिवार स्थलगत अनूगमन गर्दै नगर प्रमुख डा. धवलशम्शेर राणाले नेपालगञ्जको धम्बोझीमा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

अनूगमनमा वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्मा,ईञ्जिनियर सुरज शर्मा लगायतको सहभागिता थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »