सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनयता पर्यटन र उद्योग क्षेत्रले गुमायो ३४ अर्ब

काठमाडौं / १९ असार
पर्यटन, होटेल तथा हवाई उद्योगले लकडाउनयता करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार लकडाउनयता पर्यटन, होटेल तथा हवाई उद्योगले करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोरेको छ । त्यस्तै, आगामी साउन ७ गतेसम्ममा थप ७ अर्ब नोक्सानी थपिने पनि पर्यटन मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिमहिना यो क्षेत्रले १० अर्ब रुपैयाँ नोक्सानी बेहोर्ने अनुमान गरेको सरकारले लकडाउन यता ३४ अर्ब नोक्सानी भइसकेको अनुमान गरिएको हो । यही अवस्था आगामी साउन ७ गतेसम्म जारी रहँदा नोक्सानी थप ७ अर्ब थपिने छ । यो तथ्यांक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको हो ।

मन्त्रालयले शुक्रबार लकडाउनयता मन्त्रालयको तर्फबाट भएको कामको विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा यो तथ्यांक सार्वजनिक गरिएको हो ।

मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङका अनुसार पर्यटनमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगमा पठाइएको छ । मन्त्रालयका अनुसार लकडाउनयता मार्च २४ देखि ३० जुन सम्म २१४ उडानबाट १६६७२ जना नेपालीलाई उद्धार गरि नेपाल ल्याइएको छ ।

यसअवधिमा नेपालबाट १२४०८ व्यक्ति विदेश गएका छन् । यो अवधिमा कुल २६१ उडान भएकोमा नेपाल एयरलाइन्सबाट मात्र ९८ उडान र हिमालय एयरलाइन्सबाट ६२ उडान भएका छन् ।

त्यस्तै, व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रका निश्चित गतिविधिहरू खुला राख्ने निर्णय पश्चात आवश्यक सुरक्षात्मक उपायहरू अबलम्बन गरी अन्य निकायहरूमा निर्माण कार्यलाई पनि निरन्तरता दिइएको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »