सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनले नेपालगन्जका व्यवसायीहरु प्रभावित


नेपालगन्ज ,कोरोना संक्रमण रोक्न लकडाउन लागु गरेको ६९ दिन भयो । सर्वसाधारण आवातजावतमा कडाई गरिएको छ । उद्योग, कलकारखाना एवं अधिकांस व्यापार व्यवसाय ठप्प छ । लडकाउन कहिले खुल्छ भन्ने एकिन छैन ।


यस्तो अवस्थामा बाँकेका उद्योगी, व्यवसायी उकुसमुकुस बनेका छन् । अब के गर्ने हो भन्ने अन्यौलमा छन् । ऋणको भारी बोकेर व्यापार व्यवसाय चलाएका व्यवसायी सबैभन्दा प्रभावित भएका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उकुसमुकुस भएका व्यवसायीले अब कसरी अगाडी बढ्ने भन्दै चिन्ता व्यक्त गरिरहेको बताए ।
सोमवार यसै विषयमा नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायीक अगुवाहरुसंग छलफल चलायो ।


छलफलमा सहभागि व्यवसायीले आवश्यक सुरक्षा उपाय अपनाएर व्यापार व्यवसाय सन्चालनका लागि बजार खुकुलो पार्नुपर्ने सुझाव दिएका छन् । यस सम्बन्धमा छिटो निर्णय नलिने हो भने धेरै व्यवसायी घर न घाटको हुने अवस्था आउने व्यवसायीले बताए । बाँके जिल्ला कोरोनाको हटस्पट जिल्ला हो ।


यहाँ एकजनाको मृत्यु र डेढ समय बढि संक्रमित भइसकेकाले जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन कार्यान्वयनलाई अझ प्रभावकारी बनाउँदै लगेको छ ।

बजार कसरी सन्चालन गर्ने वा नगर्ने भन्ने विषयमा संघले प्रमुख जिल्ला अधिकारीसंग छलफल गर्ने महासचिव चिरञ्जीवी ओलीले बताए । छलफलमा जे निष्कर्ष निस्किन्छ त्यसै अनुसार अगाडी बढ्ने ओलीको भनाई छ । ओलीले लकडाउन धेरै लम्बिएकाले सचेत रहँदै व्यापार व्यवसाय खुकुलो बनाउँदै लैजानुपर्ने राय अधिकांस व्यवसायीको रहेको जानकारी दिए ।


विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु एवम् नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्य समिति सदस्यज्यूहरुसँग व्यापक छलफल गर्दा आएका सुझावहरुलाई जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारीलगायतका सम्बन्धित सरोकारवाला निकायहरुसँग छलफल गरिने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »