सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन अझै लम्बिन सक्छ : राज्यमन्त्री रामवीर मानन्धर

काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेपालमा लकडाउनकाे अवधि दुई महिनासम्म लम्बिन सकिने बताउनु भएकाे छ । सारा खबरकाे विशेष संवादमा लकडाउन कहिलेसम्ममा खुल्न सकिन्छ ? भनेर साेधेकाे प्रश्नमा उहाँले अझै दुई महिनासम्म पनि लम्बिन सकिन्छ भन्नु भएकाे हो । छिमेकी देश भारतमा कोरोना संक्रमित बिरामी बढिरहेको अवस्थामा अहिले नै लकडाउन खुलाउन नमिल्ने उहाँकाे दाबी रहेकाे छ ।

यसैगरी राज्यमन्त्री मानन्धरले नयाँ बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने र कम्तीमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने योजना रहेको संवादकाे क्रममा बताउनु भएकाे छ ।

बाहिरी चक्रपथकाे विस्तार भन्दा पनि दैनिक ज्याला मजदुरी गरेर दैनिकी गुजारा चलाइरहेका निम्न वर्गका लागि शहरी विकास मन्त्रालयले कस्ताे याेजना ल्याउनु हुन्छ भन्ने प्रश्नमा उहाँ यसाे भन्नु हुन्छ ।”यत्तिबेला काे निम्न वर्ग, काे उच्च वर्ग, लकडाउन लम्बिदै गयाे भने यहाँ के हुन्छ भन्ने नै थाहा छैन । त्यसकारण सरकारले अब के गर्ने भनेर याेजना भनाएकाे छ…….. ।
भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »