सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन अबधिभर यूएईबाट १८ सय नेपालि स्वदेश फर्किए

काठमाडौँ / १४ असार
सरकारले विदेशमा अलपत्र नेपालीको उद्दार गर्न चार्टर उडान सुरु गरेदेखि यूएईबाट एक हजार ८ सय ८९ जना नेपाल फर्किएका छन् । जुन १९ देखि २७ तरिखसम्ममा करिब दुई हजार नेपाली नागरिक स्वदेश फर्किएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको हो ।

दूतावासले जारी गरेको विज्ञप्ति अनुसार लामो समय समस्याग्रस्त भएर नेपाल फर्किन चाहनेको संख्या उल्लेख्य छ । यो अवधिमा ११ वटा चाटर्ड उडान भएको र थप उडानको क्रम जारी रहेको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कतिपय स्वयम् दूतावासमा उपस्थित भएर आफ्ना समस्या राख्ने गर्नु भएको छ, यसरी आउने नेपालीलाई हामीले आवश्यक सहयोग उपलब्ध गराउनुका साथै यथार्थ सूचना र जानकारी उपलब्ध गराउने गरेका छौं ।’

नेपाल फर्किएका नागरिकलाई काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका होल्डिङ सेन्टरमा राखेर व्यक्तिगत विवरण संकलन र सामान्य स्वास्थ्य जाँच गरिन्छ । त्यसपछि सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राख्ने गरी पठाइने गरिएको छ ।

यूएईमै पीसीआर परीक्षण गरेर नेगेटिभ नतिजा आएको अवस्थामा भने होम क्वारेन्टिनमा बस्ने गरी पठाइने गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »