सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन खुकुलो बनाउँदै जाने तयारीमा सरकार,देशमा स्वास्थ्य संकटकाल घोषणा गरिदै

काठमाडौं । लामाे लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि सरकारले अब लकडाउन खुकुलो बनाउने तयारी थालेको छ । बुधबार विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले लकडाउनकाे माेडालिटी परिवर्तन गर्ने बताएका छन।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले गत चैत ११ देखि लकडाउन जारी गरेकाे थियाे । जसकाे पछिल्लाे अवधि यही जेठ ३२ गते सकिँदैछ ।

खालि लकडाउन थप्दै जाने मात्र सरकारकाे नीति गलत रहेकाे भन्दै जनस्तरबाट आवाज उठ्न थालेपछि सरकारले छलपफल र बहस गरेर यसकाे स्वरूप परिवर्तन गर्ने भएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विभिन्न क्षेत्रका विज्ञहरूलाइ छलफलमा बाेलाएर लकडाउनको विकल्प वा स्वरूप फेर्नेबारे सल्लाह लिएका प्रधानमन्त्री कार्यालयले जनाएकाे छ ।

लामाे लकडाउनले हैरान भएपछि जनस्तरमा यसकाे अवज्ञा सुरू हुन थालेकाे छ । बुधबार राष्ट्रिय व्यवसायी महासंघले बिहीबारदेखि काठमाडौं उपत्यकाका सबै पसलहरु बिहान ११ बजेसम्म खाेल्ने एकतर्फी निर्णय गरेकाे छ ।

यसैगरी बुधबार स्वास्थ्य मन्त्रालयले आगामी जोखिमलाई न्यूनीकरण गर्न स्वास्थ्य संकटकाल अर्थात हेल्थ इमर्जेन्सीको प्रस्ताव अघि सारेको छ । के नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने बेला भएकै हो ? वा ढिलो भयो । विज्ञहरुको फरक–फरक तर्क छ ।

केहीले संकटकाल घोषणा गर्न सरकारले ढिलाई गरेको बताएपनि केहीले अब समय आएको बताएका छन् । दुई हजारभन्दा बढी कोरोना संक्रमितको संख्या भेटिएपछि चिन्ता सुरु भएको छ ।

हालै मात्र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संकटकालको प्रस्ताव अघि सारेको छ । मन्त्रिपरिषद् बैठकले यो प्रस्ताव स्वीकृत गरे नेपालमा स्वास्थ्य संकटकाल लागू हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »