सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमितको सख्या बृद्धि

काठमाडौँ । लकडाउन खुकुलो भएसँगै नेपालमा कोरोना संक्रमितको सख्या बृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५५ पीसीआर परीक्षणमा मंगलबार थप २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ८६३ परीक्षणबाट १ हजार १७३ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ५१८ परीक्षणमा ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ६ लाख ८५ हजार ६७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ४७ हजार ७९ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या ९ हजार ७५८ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »