सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन जेठ २० सम्म लम्ब्याउन सिफारिस

काठमाडौँ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप गर्न सिफारिस गरेको छ । भोलि सोमबारदेखि सकिने लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याउन समितिले सिफारिस गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको छ। यसबारेमा अन्तिम निर्णय भने आजै बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ।

‘समितिको आज बसेको बैठकले बन्दाबन्दीले सम्भावित ठूलो संक्रमणलाई काबुमा राख्न सफल भएकाले यसको उपादेयता बाँकी रहेको निष्कर्ष निकालेको छ,’ प्रधानामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सेतोपाटीसँग भने,’शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी तुल्याउने र आपुर्ति व्यवस्थालाई तथा सेवालाई कमी हुन नदिने गरी बन्दोबस्त गर्दै जाने समेत निर्णय भएको छ।’

लकडाउन जेठ २० सम्म लम्ब्याउन सिफारिसक्वारेन्टाइनलाई अझै व्वयस्थित बनाउन स्थानीय पालिकाहरुलाई सहयोग गर्ने समेत निर्णय भएको उनले बताए। चैत ११ गतेदेखि सुरु गरिएको लकडाउन आइतबार ५५ दिन पुगेको छ । विभिन्न चार चरणमा लकडाउन थप गरिसकिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »