सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन फेरि लम्बियो, जेठ २० गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउन जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमणको दोस्रो केस भेटिएको भोलिपल्ट सरकारले ११ चैतमा देशभर लकडाउन लागू गरेको थियो । त्यसयता पटकपटक लकडाउनको समय थप भएको छ । पछिल्लो पटक थपिएको समय जेठ ५ सम्म थियो ।

जेठ ५ पछि भने जोखिमका आधारमा लकडाउन खुकुलो वा कडा गर्ने भनिएको थियो । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेर २९५ पुगेको छ भने दुई जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । त्यही कारण आइतबार नै बसेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको थियो ।

यस अघि मन्त्रिपरिषदको कार्यालय सिंहदबारमा बसेको कोभिड १९ रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउनको अवधि बढाउन सिफारिस गरेको थियो ।

गत बर्षको चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो ।

तर लकडाउनको अवधिमा पनि संक्रमितको संख्या बढ्नु र संक्रमितको मृत्युसम्मको घटना हुनुले यस्लाई अझ कडा पारिने निर्णय समेत मन्त्रिपरिषद् लिएको छ ।

यसैगरी बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर बनाइएको नयाँ नेपालको नक्साको बारेमा पनि छलफल भएको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »