सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउन सुरु भएपछी रोजगारी गुमाउनेमा पुरुष भन्दा महिला बढी

काठमाडौँ। कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन् । रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो ।

यूएनडीपीको सहयोगमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलभमेन्ट स्टडिज (आईआईडीएस)ले तयार पारेको रिपोर्टअनुसार उक्त अवधिमा २८ प्रतिशत पुरुषले रोजगारी गुमाएका छन् ।

‘महिलाहरू कोभिड महामारीले अधिक प्रभावित छन् किनकि उनीहरू काम गर्ने होटल, रेस्टुराँ, आतिथ्य, थोक तथा खुद्रा व्यापारहरूमा कोभिडले प्रभावित पारेको छ, ती सेवा क्षेत्रहरू बन्द छन्,’ रिपोर्टमा भनिएको छ । आईआईडीएसले नेपालमा सामाजिक तथा आर्थिक क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गरेको हो ।

सर्भेमा देशैभरका हिमाली, पहाडी र तराईका २७ जिल्लाका ११ सय सहभागी थिए । दैनिक ज्याला मजदुरी गर्ने ७ सय र ४ सय साना तथा लघु व्यवसायी र उद्यमीहरूलाई सर्भेमा सहभागी गराइएको थियो ।

केन्द्रीय तथ्यांक विभागको सन् २०१७/१८ को श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा काम गर्ने उमेर समूहका ९१५ वर्षमाथि झन्डै २ करोड ७ लाख जनसंख्या छ । जसमध्ये ५५।६ प्रतिशत महिला पर्छन् । काम गर्ने उमेर समूहका करिब ७१ लाख जनसंख्या रोजगारी तथा श्रम बजारमा सहभागी छन् । जसमा महिला सहभागिता ४६।२ प्रतिशत छ ।

रोजगारीमा पुरुषको तुलनामा महिलाको संख्या कम भए पनि रोजगारी गुम्नेमा धेरै रहेको अन्तरपुस्ता महिलावादी समूहको प्रतिनिधि एवम् श्रम तथा रोजगारविज्ञ सरु जोशी बताउँछिन् ।

उनका अनुसार सरकारले यौन व्यवसायलाई वैधानिक रोजगारीका रूपमा स्वीकार नगरेको भए पनि यो क्षेत्रका ५५ हजार महिला बेरोजगार भएर बसेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »